सुशान्तको ‘दिल बेचारा’ को ट्रेलरले बनायो विश्व रेकर्ड
द नेपाल मिडिया
२३ असार २०७७, मंगलवार ०५:४६
असार २३, रौतहट । सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ ट्रेलर सोमबार रिलिज भएको छ । ट्रेलरलाई लाखौंले मन पराएका छन् र यसैकारण यसले विश्व रेकर्ड बनाएको छ । वास्तवमा ‘दिल बेचारा’ को ट्रेलर युट्युबमा रिलिज भएको ९८ मिनेटभित्र १० लाख लाइक्स पाउने संसारको पहिलो भिडियो बनेको छ ।
ट्रेलर रिलिन हुनु अघि नै ५५ हजार लाइक्स भिडियोले पाइसकेको थियो । फिल्म ‘दिल बेचारा’ बाट कास्टिङ डायरेक्टर मुकेशश छाबडाले निर्देशकको रुपमा आफ्नो डेब्यू गरिरहेका छन् । फिल्ममा सुशान्त सिंह राजपूत र संजना सांघीबाहेक सैफ अली खान र स्वस्तिका मुखर्जीको पनि महत्वपूर्ण भूमिका छ ।