प्रचण्डको जन्मदिनमा छोरी गंगाले सामाजिक सञ्जालमार्फत दिए शुभकामना
द नेपाल मिडिया
२६ मंसिर २०७७, शुक्रबार ११:२३
२६ मंसिर, रौतहट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आज(शुक्रबार) मंसिर २६ गते जन्मदिनको शुभकामना उनकी छोरीले दिएकी छिन् ।
उनलाई जन्मदिनको शुभकामनाहरु धमाधम आइरहेका बेला उनकी छोरी गंगा दाहालले पिता प्रचण्डलाई सामाजिक सञ्जालमार्फत शुभकामना दिएकी हुन् ।
गंगाले शुभकामनामा पिता प्रचण्डलाई नेपाली जनताको आशा, भरोसा अनि आफूहरुको आदर्श भनेकी छिन् ।
गंगाले फेसबुकमा लेखेकी छिन्ः ‘नेपाली जनताको आशा, भरोसा अनि हाम्रो आदर्श बुबा तपाईंलाई जन्मदिनको धेरै धेरै शुभकामना १’