बालुवाटारमा ओलीसंग छलफल गर्ने पुगे प्रचण्ड
२४ मंसिर, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसंग छलफल गर्नेका लागि अर्का नेकपा अध्यक्ष प्रचण्ड सरकारी निवास बालुवाटारमा पुगेका छन् । दुई अध्यक्षबीच लिखित आरोपप्रत्यारोप चलिरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको हो ।
यसअघि मंसिर १६ मा पार्टी सचिवालय बैठक बस्नुअघि दुई अध्यक्षबीच बालुवाटारमै छोटो छलफल भएको थियो । तर, सो छलफल सकरात्मक भएको थिएन।
त्यसैदिन बसेको सचिवलाय बैठकले ओलीको चाहनाविपरित स्थायी कमिटीको बैठक तय गरेको थियो । २० गते बसेको स्थायी कमिटी बैठकमा पार्टीको आन्तरिक समस्यामा छलफल गर्ने एजेण्डा तय गरेर २८ मंसिरसम्मलाई बैठक स्थगित गरिएको थियोर यो बीचमा अनौपचारिक छलफललाई पनि निरन्तरता दिने बताइएको थियो ।
दुई अध्यक्षबीच टकराव भएका कारण नेकपा विभाजनकै संघारमा पुगेको चर्चा भइरहेका बेला दुई अध्यक्ष छलफलमा जुटेका हुन् । गत कात्तिक २५ पछि दुई अध्यक्षबीच लामो छलफल नै भएको छैन ।