आज थप १३८२ जनामा कोरोना पुष्टि, १६२१ जना डिस्चार्ज

   २३ मंसिर २०७७, मंगलवार १६:४०  

२३ मंसिर, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८२ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मनत्रालयका अनुसार ८ हजार ९ सय ४७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ८२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

यो सँगै हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको छ । हाल नेपालमा १२ हजार ६ सय ८६ संक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयले जनाए ।

यस्तै, विगत २४ घण्टामा थप १ हजार ६ सय २१ जना डिस्चार्ज भएका छन्, भने यससंगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख २९ हजार ५४ पुगेको छ ।

यसैबीच, कोरोना संक्रमणका कारण थप २३ जनाको मृत्यु भएको छ, भने हालसम्म संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ६ सय ३७ पुगेको मन्त्रालयले जानकारी दिए ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा ५ सय ९४ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।