मोरङमा गोली हानी प्रधानाध्यापकको हत्या
२३ मंसिर, रौतहट । मोरङको मिक्लाजुङ १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक लाई गोली हानी हत्या गरिएको छ ।
मंगलबार बिहान मिक्लाजुङ १ बर्खेको जंगलमा ४५ वर्षीय प्रधानाध्यापक राजेन्द्र श्रेष्ठका शव फेला परेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिएको हो ।
श्रेष्ठको टाउकोमा गोली प्रहार भएको र उनको शव घरदेखि करिब १ किलोमिटरको दुरीमा भेटिएको प्रहरीले जनाए ।
बिहान करिब ६ः१५ बजेको समयमा ४-५ जनाको संख्यामा आएको विप्लव कार्यकर्ताले श्रेष्ठलाई उठाएको सूचना आएको खड्काले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।