ओलीले आह्वान गरेको सर्वदलीय बैठक सुरु
२३ मंसिर, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमनत्री केपी शर्मा ओलीले आह्वान गरेका बैठक सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।
मंगलबार बिहान बसेको बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहेका स्रोतले जानकारी दिएको हो ।
पछिल्लो समय देशभर राजवादीको आन्दोलन चर्किएपछि गणतन्त्र पक्षधरहरु एक ठाउँमा हुनुपर्नेमा जोड दिँइदै आएको छ । गत शनिबारमात्रै प्रधानमन्त्रीको गृह जिल्ला झापासहित देशका विभिन्न स्थानमा राजावादीले प्रदर्शन गरेका थिए ।
सर्वदलीय बैठकमा मुलतः यही विषयमा छलफल हुने बुझिएको छ ।