आज दिउँसो १ बजे नेकपाको बैठक बस्दै
२० मंसिर, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार पनि सरकारी निवास बालुवाटारमा बस्दैछ ।
आज दिउँसो १ बजेको लागि सचिवालय बैठक बस्ने भएको स्रोतले जानकारी दिएको हो ।
आज बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।
मङ्सिर १७ गते नै अध्यक्षद्वयको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय गरिएको भए पनि प्रधानमन्त्री ओली अनुपस्थित भएकाले तीनदिन बैठक धकेलिएको थियो ।
आज बैठक रोकिने सम्भावना कम रहेको सचिवालय तहका नेताहरू बताउँछन् ।