ओलीले बालुवाटारमा निकट नेताहरुसँग छलफल गर्न थाले
१९ मंसिर, रौतहट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट नेताहरुसँग छलफल गर्न थालेका छन् । आज बालुवाटारमा छलफल भइरहेको ओली निकट स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्रीले आफ्नो विपक्षमा रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल पक्षसँगको बिवादका विषयमा छलफल थालेका हुन् । म अहिले बालुवाटारमा नै छु । अहिलेको बिवादकै बारेमा छलफल भइरहेको छ ।
अब के गर्ने भन्ने निष्कर्षमा पुग्नका लागि प्रधानमन्त्रीले छलफल थाल्नुभएको हो, स्रोतले बताए । ओलीले बिहीवार राष्ट्रपति भण्डारीसँग भेटेर पार्टीमा देखिएको बिवादका बारेमा छलफल गरेका थिए । ओलीसँगको छलफलपछि भण्डारीले अर्का अध्यक्ष प्रचण्डलाई शीतल निवास बोलाएर छलफल गरेकी थिइन् ।
भेटमा प्रचण्डले राष्ट्रपतिलाई ओलीले चाल्ने अप्रिय कदममा साथ नदिन आग्रह गरेको बताइएको छ ।