रौतहट एमालेले टुङ्ग्यायो उम्मेदवारको नाम

   २१ पुष २०८२, सोमबार १३:१७  

२१ पुस, रौतहट । नेकपा (एमाले) रौतहट जिल्ला कमिटीको सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका चारै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम पार्टी केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ।

आज बसेको सचिवालय बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै रौतहटका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट पार्टीका तर्फबाट सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट अजय कुमार गुप्ताको नाम सिफारिस गरिएको छ।

त्यसैगरी क्षेत्र नम्बर २ बाट शैलेन्द्र साह, मनोज यादव, अबुल कलाम र अतिउल्लाह गरी चार जनाको नाम सिफारिस गरिएको छ।

क्षेत्र नम्बर ३ बाट कुन्दन कुशवाहाको नाम सिफारिस गरिएको छ भने क्षेत्र नम्बर ४ बाट उद्धव रेग्मी, आरती भण्डारी र रामजी साहको नाम सिफारिस गरिएको छ।

बैठकमा पार्टी संगठन सुदृढीकरण, आगामी निर्वाचन रणनीति तथा स्थानीय स्तरमा पार्टीको प्रभाव विस्तारका विषयमा समेत छलफल भएको बताइएको छ। जिल्ला कमिटीका नेताहरूले पार्टीलाई थप सशक्त बनाउँदै जनताको भरोसा जित्ने गरी उम्मेदवार छनोट गरिएको जनाएका छन्।