रेणु यादवसहित बहुमत केन्द्रीय सदस्य जसपा नेपालमा समाहित

   १४ पुष २०८२, सोमबार १४:५४  

१४ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सहअध्यक्ष रेणु यादवसहित बहुमत केन्द्रीय सदस्य जसपा नेपालमा समाहित भएका छन् ।

जनता समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै दुवै दलबीच एकता भएको जनाएका छन् ।

पूर्वमन्त्रीसमेत रहेकी यादवलगायत बहुमत केन्द्रीय सदस्य जसपा नेपालमा समाहित भएका हुन् ।

जसपा फर्किएका नेताहरू रेणु,प्रदीप लगायतलाई जसपा अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका छन् । यसअघि राजेन्द्र श्रेष्ठ लगायतका नेताहरूले पनि अशोक राई नेतृत्वको जसपा छाडेर नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका थिए ।