एनपीएलको अक्सनका लागि छानिए १५० खेलाडी
२१ साउन, काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणका लागि हुने मिनी अक्सनमा १५० खेलाडी छनोट भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले नाम दर्ता गराएका ४५८ खेलाडीहरूमध्येबाट छनोट प्रक्रिया पूरा गरी अक्सनमा सहभागी गराइने खेलाडीको सूची सार्वजनिक गरेको हो।
अक्सनका लागि ग्रेड ‘ए’ मा ८, ‘बी’ मा ३५ र ‘सी’ मा १०७ खेलाडी छन् ।
ग्रेड ‘ए’ मा परेका खेलाडीहरूमा आदिल अन्सारी, सरद भेषावकर, अर्जुन साउद, देव खनाल, दिलिप नाथ, पवन सरार्फ, सूर्य तामाङ र सुमन गौतम रहेका छन्। तीमध्ये आदिल अन्सारी र पवन सरार्फले पहिलो संस्करणको एनपीएलमा सहभागी थिएनन् भने बाँकी खेलाडीहरू दोस्रो संस्करणका लागि रिलिज भएका हुन्।
एनपीएलको मिनी अक्सन यही आउँदो शनिबार (साउन २५ गते) हुने तालिका छ।






