आम उद्योग वाणिज्य संघद्वारा गोकर्णेश्वरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

   २० श्रावण २०८२, सोमबार १४:०२  

१९ साउन ,रौतहट । आम जनता पार्टी निकट आम उद्योग वाणिज्य संघले कालीमाटीस्थित भोलेनाथ काँवरिया संघको सहकार्यमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

२६औं श्रावणी मेलाको अवसर पारेर आयोजित सो शिविरमा संघका अध्यक्ष साजन जयसवाल तथा वरिष्ठ अस्थि रोग विशेषज्ञ डा. सुनिल चौधरी सहितको विशेषज्ञ चिकित्सक टोलीले स्वास्थ्य सेवा प्रदान गरेका थिए।

कार्यक्रमको उद्घाटन भोलेनाथ काँवरिया संघका केन्द्रीय अध्यक्ष राजकुमार साह कलवार तथा कार्यकारिणी अध्यक्ष चुनुलाल जयसवालको विशेष उपस्थितिमा सम्पन्न भएको थियो।

शिविरमा सर्वसाधारणले अस्थि रोगसम्बन्धी परीक्षण, सामान्य स्वास्थ्य जाँच तथा विशेषज्ञ परामर्श सेवा निःशुल्क रुपमा प्राप्त गरेका थिए। अध्यक्ष जयसवालले यस्तो सामाजिक सेवा आगामी दिनमा पनि नियमित रूपमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

संघले स्वास्थ्य सचेतना र सेवा विस्तारलाई प्राथमिकतामा राख्दै सामुदायिक स्वास्थ्य सुधारमा योगदान पुर्‍याउने उद्देश्यका साथ शिविर आयोजना गरेको जनाएको छ।