श्रोत नखुलेको रकम सहित राष्ट्रिय अनुसन्धानका पूर्व कर्मचारी पक्राउ

   १९ असार २०८२, बिहीबार १२:३२  

१९ अषाढ, रौतहट । रौतहटको गौरबाट प्रहरीले श्रोत नखुलेको दुई लाख ५० हजार नगद सहित राष्ट्रिय अनुसन्धानको पूर्व कर्मचारीलाई पक्राउ गरेको छ ।

मंगलवार दिउसो राष्ट्रिय अनुसन्धान कार्यालयका पूर्व कर्मचारी जितेन्द्र राउतलाई गौर भन्सार कार्यालय अगाडीबाट श्रोत नखुलेको २ लाख ५० हजार रुपैंया सहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

भारत बाट नेपाल तर्फ बिआर ३० एल ६९४७ नम्बरको मोटरसाइकलमा आउदै गरेका राउतलाई गौर भन्सार रोडमा खटिएका सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा सो रकम फेला परेको हो । टाउकोमा लगाएको हेलमेट भित्र लुकाएर रकम ल्याउदै गरेको अवश्थामा सशस्त्र प्रहरीले राउतलाई पक्राउ गरेको सशस्त्र प्रहरी बलको नम्बर ११ गणले जनाएको छ ।

बरामद भएको नगद सहितका राउतलाई आवश्यक कारवाहीका लागी भंसार कार्यालय पठाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

भारतीय बजारमा व्यापारीहरुसँग रहेको नेपाली रुपैंया अवैध रुपले भारतबाट नेपाल तर्फ विभिन्न व्यक्तिहरुले लुकिछिपी बोकेर ल्याउने गरेका छन ।