ओलीले कोरोना सम्बन्धी सम्मेलनमा सम्बोधन गर्ने
१८ मंसिर, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधामन्त्री केपी शर्मा ओलीले कोरोना सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्ने भएका छन् ।
यही डिसेम्बर ३ र ४ मा हुने ३१ औँ विशेष महासभामा ओलीले पनि सम्बोधन गर्ने तयार भएको हो ।
ओलीको सम्बोधनको अडियो भिडियो पठाइसकिएको परराष्ट्र मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले महासभाको प्रोटोकल पठाइसकिएको जानकारी दिइन् ।
‘सम्माननीय प्रधानमन्त्रीज्यूको रेकर्डेड सम्बोधनको अडियो भिडियो पठाइसकेका छौं’, लम्सालका अनुसार ओलीको सम्बोधन उद्धाटनकै दिन राति करिब १ देखि २ बजेको बीचमा आउन सक्नेछ ।
सम्बोधनमा कोभिड १९ को महामारी र त्यसले नेपालमा पारेको प्रभावबारे समेत उल्लेख रहेको छ ।