सामाजिक संजालमा जनमतका नेताहरुको हतियार प्रर्दशन

रौतहट, ४ फागुन । जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष र रौतहट जिल्ला इन्जार्चले हतियार प्रर्दशन गर्दै गरेको भिडियो र तस्वीर सामाजिक संचालमा पोष्ट गरेका छन ।
रौतहटको गौर नगरपालिका सबगढामा जिल्ला ईन्चार्ज शेष जमसेदको घरमा हतियार सहितको सो भिडियो खिचिएको हो । जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खान र रौतहट जिल्ला इन्चार्ज शेष जमसेद दुवै जनाले अन्य दुई जना व्यक्तिलाई बन्दुक भिर्न लगाएर आफु साथमा हिडाएको भिडियो र फोटो सामाजिक संजालमा जिल्ला ईन्चार्ज जमसेदले हालेका थिए ।
सामाजिक संजालमा खुलेआम हतियार प्रर्दशन गरेको तस्वीर भिडियो पोष्ट गरे पछि जनमत पार्टी दुवै नेताको आलोचना हुन थालेको छ । “सामाजिक संजालमा देखिएको बन्दुकहरुको इजाजत पत्र भए नभएको बारेमा छानबिन भइरहेको छ ।” जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपक कुमार रायले भने “हामीले शेख जमसेदलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर भिडियो फोटोको बारेमा छानबिन गर्दैछौं ।” इजाजत प्राप्त हतियार व्यक्तिले घरमा राख्न पाइने भए व्यवस्था रहेको र सो तस्वीरहरु घरमै खिचिएको भए पनि सामाजिक संजालमा हालिएकोले प्रहरीले आवश्यक छानबिन गरिरहेको उनले बताए ।
यता जनमताका रौतहट इन्जार्च शेख जमसेदले सो पोष्ट अहिले हटाइसकेका छन । “शुक्रवार घरमा बन्दुक सफा गर्ने बेलामा सो तस्वीरहरु खिचिएको थियो ।” शेख जमशेदले भने “दुवै बन्दुक इजाजत प्राप्त हुन तर सामाजिक संजालमा राख्नु भूल भयो, मैले सो पोष्ट हटाइसकेको छु ।”
भिडियो र तस्वीरमा बन्दुक बोकेका देखिएका व्यक्तिहरुको बारेमा पनि जिल्ला प्रहरी कार्यालय रौतहटले जमसेद संग सोधपुछ गरेको छ ।