गठबन्धनमा समस्या छैन, उच्च समझदारी छ : प्रधानमन्त्री

   ४ फाल्गुन २०८१, आईतवार १४:५१  

फागुन ४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला राजनीतिक दल मिलेर बनेको सरकारले मुलुकको विकास र समृद्धिलाई जोड दिएको बताएका छन् ।

उनले प्रतिनिधिसभामा भएको प्रश्नोत्तरका क्रममा यस्तो बताएका हुन् ।

“गठबन्धनमा रहेका दलहरुबीच मुलुकको विकास र समृद्धिलाई निरन्तरता दिई राजनैतिक स्थिरता कायम गर्दै अगाडि बढ्ने विषयमा सत्ता साझेदार दलबीच कुनै शंका र उपशंका गर्न जरुरी छैन । हामीबीच उच्च विश्वास र समझदारी छ ।”