यू-१९ विश्वकपको ‘टीम अफ द टुर्नामेन्ट’ मा परिन् पूजा
द नेपाल मिडिया
२१ माघ २०८१, सोमबार १३:०१

२१ माघ, काठमाडौं । यु-१९ विश्वकपको टीम अफ द टुर्नामेन्टमा नेपालकी कप्तान पूजा महतो पनि परेकी छन् ।
आईसीसीले मलेसियामा आइतबार सकिएको यू-१९ विश्वकपमा सहभागीमध्ये उत्कृष्ट १२ खेलाडीको सूची सार्वजनिक गरेको थियो । उक्त सूचीमा नेपालकी कप्तान पूजा अटाएकी हुन् ।
पूजाले उक्त विश्वकपमा ७० रनसहित ९ विकेट लिएकी थिइन् ।