वामदेव भोलि एमाले प्रवेश गर्दै

   ८ माघ २०८१, मंगलवार ११:३८  

८ माघ,  काठमाडौं । पार्टी एकता राष्ट्रिय अभियानका संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम भोलि एमालेमा फर्किने भएका छन् । आज बोलाइएको एमाले सचिवालय बैठकको एजेन्डामा गौतम र उनी नेतृत्वको घटकका नेताहरू व्यवस्थापनसम्बन्धी विषय समावेश छ ।

एमालेका कतिपय नेताले गौतम सोही बैठकबाट पार्टी प्रवेश गर्ने हल्ला चलाएपछि उनले भने, ‘हाम्रो व्यवस्थापनबारे पार्टीले आज केही निर्णय लियो भने हामी भोलि प्रवेश गर्छौं ।’

सचिवालय बैठकमा आफूहरुको व्यवस्थापनलाई अलग्गै एजेन्डा बनाएकोमा खुशी लागेको गौतमले बताए ।

‘जेजस्तो जिम्मेवारी दिनुहुन्छ, हामी स्वीकार गर्छौं, हाम्रो मुख्य उद्देश्य सुदृढ एमाले र एकताबद्ध कम्युनिष्ट आन्दोलनको निर्माण गर्ने नै हुन्छ,’ उनले भने ।