नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

   २१ पुष २०८१, आईतवार १३:५३  

२१ पुस, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु भएको छ।

पार्टी मुख्यालय च्यासलमा केही बेरअघिबट बैठक सुरू भएको हो । बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसायिम राजनीतिक परिवेशबारे ब्रिफिङ गर्ने छन् । त्यस्तै राष्ट्रिय राजनीतिक परिस्थितिसहितको विषयवस्तु समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

बैठकमा प्रतिवेदनसहित समसामयिक विषयमाथि प्रत्येक केन्द्रीय सदस्यलाई धारणा राख्न करिब तीन मिनेटको समय उपलब्ध गराइने उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।

राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएका उपाध्यक्ष पाण्डेले बताए ।

बैठकमा तीन सय ५७ केन्द्रीय सदस्य, सात प्रदेशका अध्यक्ष र चारवटा केन्द्रीय आयोगका प्रमुख सहभागी छन्। दुई दिनभित्र बैठक सक्ने तयारी छ ।