सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड

   ४ कार्तिक २०८१, आईतवार ११:००  

४ कात्तिक, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य यो हालसम्मकै उच्च हो ।

यसअघि गत शुक्रबजार एक लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला ६०० रुपैयाँ बढेर कारोबार भएको हो ।

आज चाँदीको मूल्यले पनि ९५ रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ । चाँदी दुई हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य यो हालसम्मकै उच्च हो । गत शुक्रबार चाँदी एक हजार ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।