चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै शिवनगरमा प्रर्दशन
द नेपाल मिडिया
२१ भाद्र २०८१, शुक्रबार १३:२४
२१ भदौं, रौतहट । रौतहटमा उपचारको क्रममा सुत्केरीको ज्यान गएपछि आफन्तजनहरुले सडकमा टायर बालेर विरोध प्रर्दशन गरेका छन ।
रौतहटको गरुडा नगरपालिका वडा नं. ५ शिवनगरमा रहेको स्वास्थ्य चौकीमा चिकित्सकको लापरबाहीका कारण सुत्केरी महिलाको मृत्यु भएको भन्दै स्थानीयहरुले विरोध प्रर्दशन गरेका हुन । सोही वडाका स्थानीय अरबिन्द साहकी श्रीमतिको रमिता कुमारी साहलाई सुत्केरी व्यथाले च्यापे पछि उनलाई शिवनगर स्वास्थ्य चौकीमा लगिएको थियो ।
सुत्केरी गराउने क्रममा चिकित्सकले अपरेसन गर्दा अत्याधिक रक्तश्राव भएपछि साहलाई वीरगंज लाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
मृतक महिलाको शवलाई स्वास्थ्यचौकी अगाडि राखेर परिवारजन तथा स्थानियहरुले प्रर्दशन गरेका छन । उनीहरुले मेयर कन्थमनि प्रसाद जैसवाल ,वडा अध्यक्ष र स्वास्थ्य चौकीका चिकित्सक विरुद्ध नाराबाजि गरिरहेका छन।