नेप्से ३ हजार बिन्दु पार, करिब ३० अर्बको कारोबार

   ३१ श्रावण २०८१, बिहीबार १५:३२  

साउन ३१, काठमाडौं । आज शेयर बजारमा अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार भएको छ । बिहीबार २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २१६ रूपैयाँको कारोबार भएको हो ।

आज नेप्से परिसूचक पनि ४३.०५ अंकले बढेर ३०००.८१ अंकमा रोकियो ।

१०५ कम्पनीको शेयर मूल्यवृद्धि भएको छ भने, १३७ कम्पनीको घटेको छ ।

आज ३३४ कम्पनीको ६ करोड ८९ लाख ८० हजार ३ सय ४६ कित्ता खरिदबिक्री भएको छ । भने, ३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जी कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो ।

नेपाल प्रेस