एमालेको रौतहट ईन्जार्चमा गुप्ता मनोनीत

   १८ श्रावण २०८१, शुक्रबार ११:५८  

१८ साउन, रौतहट । नेकपा एमालेको रौतहट जिल्ला ईन्चार्जमा पार्टी केन्द्रीय सदस्य अजय कुमार गुप्ता मनोनीत भएका छन ।

बिहीवार बसेको एमालेको सचिवालय बैठकले पार्टी जिल्ला इन्चार्जमा गुप्तालाई मनोनीत गरेको हो । गुप्ता गत निर्वाचनमा रौतहटको क्षेत्र नम्बर १ बाट एमालेको टिकटमा प्रतिनिधिसभा सदस्य पदमा चुनाव लडेका थिए । लामो समय देखी रौतहटमा राजनिति गर्दै आएका गुप्ता गौर नगरपालिकाका पूर्व मेयर समेत हुन ।

पछिल्लो समय रौतहटमा एमालेको संगठन विस्तार तथा सुदृढिकरणमा गुप्ता सक्रिय रुपले लागेका छन । लामो समय सम्म नेतृत्व विहिन रहेको रौतहटमा गुप्ताले जिम्मेवारी पाएपछि एमाले थप मजबुत हुने अवश्था रहेको छ ।

पार्टीले दिएको जिम्मेवारीलाई आफुले पूर्णरुपमा पालना गर्ने र जिल्लामा एमालेलाई बलियो संगठन बनाउन आफुले काम गर्ने जिल्ला ईन्जार्च अजय गुप्ताले बताए ।

हिजै बसेको सचिवालय बैठकले कुन्दन कुशवाहालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । कुशवाहा पूर्व प्रदेश सभा सदस्य हुन ।