यू-१९ विश्वकप : पाकिस्तानविरुद्ध नेपाल पहिला ब्याटिङ गर्दै
१० माघ, काठमाडौ । आइसीसी यू-१९ विश्वकप क्रीकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
दक्षिण अफ्रिकाको बफेलो पार्क क्रीकेट मैदानमा पाकिस्तानविरुद्ध नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दुई विकेट गुमाइसकेको छ।
ओपनिङ ब्याटर अर्जुन कुमाल ४.२ ओभरमा ६ रन बनाएर आउट भए। अर्जुनले न्युजिल्यान्डविरुद्धको अघिल्लो खेलमा ९० रन जोडेका थिए। यस्तै आकास त्रिपाठी ६.५ ओभरमा पाकिस्तानका अहमेद हुसेनको बलमा ६ रनमै क्याच आउट भए। त्यतिबेला नेपालले ४३ रन जोडेको थियो। अहिले ओपनिङ ब्याटर विपिन रावल र कप्तान देव खनाल खेलिरहेका छन्।
न्युजिल्यान्डविरुद्ध खेलेका दीपक बोहरा ‘ए’, दिपक बोहरा ‘बी’ र तिलक भण्डारी आजको टिममा छैनन्। आज विपिन रावल, दीपक डुम्रे र दुर्गेश गुप्तालाई खेलाइएको छ।
पाकिस्तानको कप्तानी साद बेगले गर्नेछन् ।
यसअघि पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । अर्को चरण पुग्न पाकिस्तानलाई हराउनै पर्ने दबाब छ ।
नेपालको प्लेइङ ११: देव खनाल (कप्तान), उत्तम थापा मगर (विकेटकिपर), अर्जुन कुमाल, विपिन रावल, आकाश त्रिपाठी, गुलशन झा, दीपक डुम्रे, दिपेश कँडेल, सुभाष भण्डारी, दुर्गेश गुप्ता र आकाश चन्द ।






