महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, एक जना गम्भीर घाइते
१८ मंसिर, रौतहट । महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको माईस्थान (गौशाला(सम्सी) सडकमा बुधबार राति करिब १० बजे मोटरसाइकल दुर्घटना हुँदा एक युवकको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको हो ।
प्रदेश २-०००२ प ९३५८ नम्बरको मोटरसाइकल चोकको पार्कमा ठोक्किँदा गौशाला ८ बस्ने १९ वर्षीय अमर पाचेमगरको घटनास्थलमै मृत्यु भएको र गौशाला ८ कै १७ वर्षीय युवराज बलम्पाकी घाइते भएका इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए ।
घाइते बलम्पाकीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम र्पुयाइएको प्रहरीले जनाएको छ ।
मृतक पाचेले मोटरसाइकल हाँकेको र बलम्पाकी पछाडिको सिटमा बसेका बुझिएको प्रहरीले जनाएको छ ।