ओलीको स्वागतमा वीरगन्ज सिँगारियो, जसपाका पूर्व सांसदसहित नेता कार्यकर्ता एमाले प्रवेश गर्दै

   ५ मंसिर २०८०, मंगलवार ११:१६  

५ मंसिर, वीरगन्ज । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि वीरगन्जमा भव्य तयारी भएको छ ।

छठको मैजारोसँगै आज आफू पर्साबासीलाई भेट्न वीरगन्ज आउन लागेको भन्दै ओलीले बिहानै सामाजिक सञ्जालमा घण्टाघरको झिलिमिली फोटो राखेका थिए ।

जनता समाजवादी पार्टीका पूर्व सांसद तथा निर्माण व्यवसायी हरिनारायण रौनियारसहित विभिन्न पार्टीका नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउन ओली वीरगन्ज आउँदैछन् ।

रौनियार २०७४ को निर्वाचनमा पर्सा ३ बाट सांसद निर्वाचित भएका थिए । ओलीको स्वागतका लागि वीरगन्जमा झण्डा ब्यानरसहित स्वागतद्वारहरु समेत बनाइएका छन् ।

पछिल्लो २ वर्षमा पर्सामा विभिन्न दलका प्रभावशाली नेताहरू एमाले प्रवेश गरेसँगै त्यहाँका करिब एक तिहाइ स्थानीय तह र प्रदेश तथा प्रतिनिधि सभामा एमालेले बलियो उपस्थिति जनाएको छ