नासिक पुगेपछि अक्षय विवादमा

   २२ असार २०७७, सोमबार ०७:५३  

असार २२, रौतहट । कोरोना भाईरस (कोभिड १९) का कारण विश्वभर अहिले लकडाउन चलिरहेको छ । लकडाउनका कारण बलिउडकर्मीहरूले काम सुरु गर्न पाएका छैनन् । तर यही बीचमा बलिउड नायक अक्षय कुमार हेलिकप्टरको माध्यमबाट नासिक पुगेपछि विवादमा तानिएका छन् ।

अक्षय हेलिकप्टरबाट नासिक पुगेको खबर सार्वजनिक भएसँगै उनले लकडाउन उल्लङ्घन गरेको भन्दै आलोचना भयो । तर अक्षयको टिमले नासिक जानका लागि अनुमति लिइएको भन्दै स्पष्टीकरण दिएको छ ।

अक्षय आफ्ना डाक्टरलाई भेट्न नासिक पुगेको र उनले सबै प्रकारको अनुमति लिएको खबर सार्वजनिक भएको छ । महाराष्ट्र सरकारका एक मन्त्रीले यो विषयमा प्रश्न उठाएपछि नायक अक्षय कुमार विवादमा तानिएका थिए।