कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर युएईले पहिले ब्याटिङ गरिरहेको छ।
उत्कृष्ट ब्याटिङ गरिरहेको युएईले २३ औं ओभरमा तेस्रो विकेट गुमाएको छ। युएईका पूर्वकप्तान सिपी रिजवान ७ रनमा रन आउट भए।
यसअघि सन्दीप लामिछाने र ललितनारायण राजबंशीले विकेट लिएका थिए।
अंकतालिका
लिग २ को अंकतालिकामा ३५ खेलबाट ३८ अंक जोडेको नेपाल तालिकाको चौथो स्थानमा छ। नेपाल भन्दा अघि चौथो स्थानमा रहेको नामिबियाले ३९ अंक जोडेको छ।
लिग २ का शीर्ष तीन टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने हुँदा च्याम्पियन स्टकल्याण्ड र दोस्रो स्थानमा ओमनले स्थान पक्का गर्दै विश्वकप छनोटमा खेल्ने पक्का गरिसकेका छन्। तेस्रो स्थानका लागि दाबेदारी नेपाल र नामिबियाको छ।
आजको खेल यूएईले जिते नामिबिया विश्वकप छनोटमा जानेछ भने नेपालले जिते नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोट खेल्नेछ। नेपालले आजको खेलमा पराजय ब्यहोरेको खण्डमा विश्वकप छनोट खेल्न प्लेअफको घुमाउरो बाटो प्रयोग गर्नुपर्नेछ।