पीएनजीमाथि नेपालको सानदार जित

   २५ फाल्गुन २०७९, बिहीबार १६:४४  

२५ फागुन, काठमाडौं । ब्याटिङमा आसिफ शेख र बलिङमा सन्दीप लामिछाने चम्किएपछि आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि ५२ रनको जित निकालेको थियो ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २९८ रनको लक्ष्य पछ्याएको पीएनजीले ४७.१ ओभरमा सबै विकेट गुमाएर २४५ रनमात्र बनाउन सक्यो ।

त्यसअघि आसिफले आफ्नो करियरकै पहिलो अन्तर्राष्ट्रिय शतक बनाएपछि टस हारेर ब्याटिङमा आएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रनको योगफल खडा गरेको थियो ।