नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

   २४ माघ २०७९, मंगलवार १७:१३  

२४ माघ, रौतहट । भारतलाई पराजित गर्दै नेपाल साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

भारतलाई हराउँदै जित हासिल गरेसंगै नेपाल ३ खेलामा अंक जोडेर शीर्ष स्थानमा पुगेको छ । बंगलादेशमा जारी च्याम्पियनसिपको राउण्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा मंगलबार नेपालले भारतलाई ३-१ गोलअन्तरले पराजित गरेको हो ।

एक गोलले पछि परेको नेपाललाई पुनरागमन जित दिलाउन कप्तान प्रिती राई, अन्जली चन्द र अमिषा कार्कीले एक एक गोल गरेकी हुन् ।