आज पनि सुनको मूल्यमा वृद्धि

   १२ माघ २०७९, बिहीबार १२:३३  

१२ माघ, रौतहट । नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावल सुनको मूल्य प्रतितोलामा १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको छ ।

यस्तै, बिहीबार तेजावी सुनको मूल्य तोलामा १ लाख ६ हजार ४ रुपैयाँ कायम भएको हो । त्यसैगरी, चाँदीको १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।