नेकपा बैठकमा ओली नभए पनि बैठक सञ्चालन गर्ने बहुमत

   १७ मंसिर २०७७, बुधबार १३:४५  

१७ मंसिर, रौतहट । सरकारी निवास बालुवाटारमा आज दिउँसो १ बजे तिर बस्ने बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने सम्भावना न्यून रहेको छ ।

उनले मंगलबारको बैठकमा नै आजको बैठकमा नआउने जानकारी गराएका थिए । त्यसैले प्रधानमनन्त्री उपस्थित हुने नहुने टुंगो नलागेको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार पनि ओली आजको बैठकमा उपस्थित हुने नहुने अनिश्चित नै छ । “प्रधानमन्त्री बैठकमा जाने नजाने भन्ने अनिश्चित नै छ,” सचिवालय स्रोतले भन्यो ।

मंगलवाराको बैठकमा ओलीले दसदिन सचिवालय बैठक रोक्न माग गरेका थिए । तर, बहुमत सचिवालय सदस्यहरूले बैठक रोक्न नहुने र प्रचण्डको प्रस्तावमाथि छलफल गर्नुपर्ने अडान लिएका थिए । सो क्रममा ओलीले यस्ता बैठकको कुनै औचित्य नभएको बताएका थिए ।