प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटवार्ता

   ३० पुष २०७९, शनिबार ११:५२  

३० पुस, रौतहट । सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट वार्ता भएको छ ।

बालुवाटारमा आज प्रधानमन्त्री र अध्यक्ष ओलीबीचको भएको भेतवार्तामा मन्त्रिपरिषद विस्तारलाई पूर्णता दिने र समसामयिक राजनीतिक विषयका छलफल भएको स्रोतले जनाएको छ ।

यस्तै, अगामी माघ ५ गते (बिहीबार) प्रतिनिधिसभाको सभामुखको निर्वाचनको विषयमा समेत छलफल भएको बताइएको छ ।