घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादीमा प्रवेश
२९ पुस, रौतहट । नेकपा एमालेका पूर्व-उपमहासचिव घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन ।
नेकपा एमालेका पूर्व उपमहासचिव समेत रहेका एवं वामपन्थी नेता घनश्याम भुसालले शुक्रबार पत्रकार सम्मेलन गर्दै एकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।
स्रोतका अनुसार भुसालले एकीकृत समाजवादी पार्टीमा रहेर ठूला पार्टीलाई एक बनाउन पहल गर्ने प्रतिबद्धता समेत जनाएका हुन् । त्यसैगरी, पार्टी प्रवेश गरेका धनश्याम भुसाललाई सचिवालय सदस्यमा मनोनयन गर्ने तयारी पनि गरेको स्रोतले जनाएको छ ।
यस्तै, गत मंसिर ४ गते (आइतबार) भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा एमालेबाट टिकट नपाएको कारण नेकपा एमाले छाडेर रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।






