प्रतिबन्धित लागूऔषधसहित २ जना पक्राउ

   २८ पुष २०७९, बिहीबार १५:३२  

२८ पुस, सुर्खेत । प्रतिबन्धित लागूऔषधसहित सुर्खेतबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ९ लाटिकोईलीका मेगराज बिक र जुम्ला चन्दनाथ नगरपालिका ५ घर भई सुर्खेत वीरेन्द्रनगर नगरपालिका १० डेरागरी बस्ने सौरभ श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिल्लाको भेरीगंगा नगरपालिका ५ स्थित बबैई प्रहरी चेकपोष्टमा खटिएको प्रहरी टोलीले सवारी चेकजाँच गर्ने क्रममा बा ५ ख ७३२९ नम्बरको फोर्स गाडीमा सवार भएको मेगराज बिकको साथबाट १ ग्राम ३ सय ७० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।

त्यसैगरी, पक्राउ परेका सौरभ श्रेष्ठको साथबाट ७ सय ९० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई छुट्टाछुटै स्थानबाट हिरासतमा लिएको हो ।