भारतीय बलिउड अभिनेत्री मलाइका अरोरा काठमाडौं पुगिन्

   २८ पुष २०७९, बिहीबार १४:२३  

२८ पुस, रौतहट । भारतीय बलिउड अभिनेत्री मलाइका अरोरा नेपाल आइपुगेकी छन् ।

चौथो जेम एण्ड ज्वेलरी एक्स्पोमा सहभागी हुने भारतीय बलिउड अभिनेत्री मलाइका अरोरा काठमाडौं पुगेकी हुन् । नेपाल रत्न तथा आभूषण संघले होटल याक एण्ड यति दरबारमार्ग आयोजना गरेको कार्याक्रम भाग लिन अरोरा काठमाडौं आइपुगेकी स्रोतले जनाएको छ ।

स्रोतका अनुसार एक्स्पोको उद्घाटन समारोह शुक्रबार होटल याक एन्ड यतिमा १२:३० बजे सुरु हुने तयारी गरिएको छ ।

यस्तै, एक्स्पो बिहान १० देखि साँझ ७ बजेसम्म चल्नेछ, भने पुस २९ देखि माघ १ गतेसम्म एक्स्पो हुने स्रोतले जनाएको छ ।