महिला राष्ट्रिय क्रिकेट प्रतियोगितमा रौतहटका दुई खेलाडी छानिए
२७ पुस, रौतहट । प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागी मधेश प्रदेशको खेलाडी छनौट सम्पन्न भएको छ ।
मधेश प्रदेश क्रिकेट संघले आज खेलाडीहरुको सूचि जारी गरेको छ । प्रदेश क्रिकेट संघले जारी गरेको सूचिमा रौतहटका दुई खेलाडीले स्थान बनाएका छन । रौतहटबाट भूमि सिंह र चान्दनी खातुनले आफ्नो स्थान पक्का गरेकी हुन ।
प्रदेशको महिला क्रिकेट टिममा कविता गौतमको कप्तानीमा सरस्वती चौधरी, शान्ती चौधरी, अनुराधा चौधरी, आरती चौधरी, दिपा राम, रोजी कडारी, सिमा कुवर, भूमि सिंह, चान्दनी खातुन, प्रतिमा साह, अलिसा यादव, साना प्रविण र अमिरा नेशा सहभागी छन । यसै गरी वैकल्पीक खेलाडीमा मिना महतो, सबनम खातुन, बन्दना गुप्ता र अमिषा पटेल रहेकी छिन ।

गौरका २ जना खेलाडीहरु राष्ट्रिय प्रतियोगिताका लागी टिममा सहभागी भएकोमा जिल्ला क्रिकेट संघले खुशी व्यक्त गरेको छ । क्रिकेट संघ रौतहटका अध्यक्ष पवन गुप्ताले छनौटमा परेका खेलाडीहरुले रौतहटको नाम राखेको बताए । अध्यक्ष पवन गुप्ताले दुवै खेलाडीले रौतहटको नाम राखेकोमा बधाइ दिएका छन ।
सिरहामा भएको बन्द प्रशिक्षणबाट प्रदेश २ का लागी छानिएका खेलाडीहरु राष्ट्रिय प्रतियोगिताको लागी पौष २९ गते इटहरी जाने मधेश प्रदेश क्रिकेट संघले जनाएको छ ।
यस अघि रौतहटकै मधु राउत र मोनिका साहले पनि राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छिन ।






