भरतपुरमा दम्पती मृत फेला
२६ पुस, चितवन । चितवनको भरतपुरमा आफ्नै घरमा दम्पती मृत अवस्थामा फेला परेका छन् ।भरतपुर महानगरपालिका २९ स्थित खेतबारी भन्ने ठाउँमा बस्दैँ आएका दम्पती मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान अन्दाजी २८ वर्षीय प्रेम रानामगर घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो, भने उनकी पत्नी २५ वर्षीया शान्ति रानामगर भुईमै मृत भेटिएकी थिइन् ।
उनीहरुको घरमा झैझगडा भइरहने भन्ने एक स्थानीयले बताएको प्रहरीले जनाएको छ । निर्घात कुटपिट गरी श्रीमतीको हत्या पश्चात् आफू पनि पासो लगाई आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
हाल यसबारे अनुसनधान भइरहेकको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतक दम्पतीका एक छोरा रहेको प्रहरीले जनाएको छ ।






