सप्तरीबाट हुण्डी कारोबार गर्ने दुईजना पक्राउ
२५ पुस, सप्तरी । स्रोत नखुलेको नगदसहित सप्तरीबाट दुई जना पक्राउ परेका छन् ।
जिल्लाको बोदेबर्साइन नगरपालिका ९ देउरीका ३२ वर्षीय रामबिलास साह तेली र वडा नम्बर ७ बस्ने ५० वर्षीय मायानन्द झालाई स्रोत नखुलेको रकमसहित हिरसातमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ११ः३० बजेतिर बोदेबरसाईन ५ बर्साइन बजारस्थित एक घरमा हुण्डी कारोबार भएको भन्दैँ गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरीको टोली पुग्दाँ कपडाले छोपिराखेको अवस्थामा २८ लाख ८९ हजार ५ सय, साहले बोकेको कालो ब्यागबाट १५ लाख र झाले बोकेको झोलाबाट ९ लाख गरी ५२ लाख ८९ हजार ५ सय रुपैयाँ तथा मोबाइल २ सेट र हिसाब लेखिएको कापी ५ थान फेला परेको प्रहरीले जनाएको छ ।
५३ लाख रुपैयासहित उनीहरुलाई हिरासतमा लिएको हो । पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।






