करणी आरोपमा युवक पक्राउ
२४ पुस, ललितपुर । जबरजस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन् ।
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुली फिक्कल गाउँपालिका वडा नम्बर ६ घर भइ हाल ललितपुर महानगरपालिका २४ धापाखेल बस्ने १९ वर्षीय बेध बहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार गत पुस १६ गते निजले धापाखेलस्थित आफ्नै टहराभित्र ती युवतीलाई बलात्कृत गरेको भन्दैँ प्रहरीमा पीडितका परिजनले उजुरी दिएका थिए ।
उनी विरुद्ध परेको उजुरीका आधारमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । नियन्त्रणमा रहेको उनीमाथि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






