प्रधानमन्त्री प्रचण्ड र माधव तथा उपेन्द्र यादवबीच भेटवार्ता
२४ पुस, रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल तथा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सिंहदरबार पुगेका छन् ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न माधव नेपाल र उपेन्द्र यादव सिंशदरबार पुगेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार अध्यक्ष नेपाल र यादव पुगेका थिए । आजको भेटवार्तामा प्रधानमन्त्रीले लिने विश्वासको मत, वामपन्थी एकता लगायतको विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
यस्तै, स्रोतका अनुसार भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले दुई नेतालाई आफूलाई विश्वासको मत दिन आग्रह समेत गरेका हुन् ।






