राष्ट्रपति बाइडेनको ‘प्रेस टिम’ घोषना, सैब महिलाको टिम
१५ मंसिर, रौतहट । अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाइडेनले आफ्नो ‘प्रेस टिम’ घोषणा गरेको छ। उनले घोषणा गरेको टिममा सबै महिला रहेको बीबीसीले उल्लेख गरेको छ।
अमेरिकाको इतिहासमा नै महिलामात्रै रहेको टिम गठन भएको यो पहिलोपटक भएको दाबी बाइडेनको कार्यालयले गरेको छ।
प्रेम टिमको नेतृत्व के बेडिङफिल्डले गर्नेछिन्। यसअघि उनले बाइडेनको चुनावी प्रचारप्रसारमा उपप्रमुख भएर काम गरेकी थिइन्। यस्तै, पूर्व राष्ट्रपति बाराक ओबामा ह्वाइट हाउसमा रहँदा त्यहाँको सञ्चार टोलीको निर्देशक रहेकी जेन पिसाकीलाई प्रेस सेक्रेटरी नियुक्त गरिएको छ।
‘महिलामात्रै सम्मिलित भएको पहिलो सिनियर ह्वाइट हाउस कम्युनिकेसन टिम घोषणा गर्न पाउँदा मलाई निकै गौरव लागेको छ’ बाइडेनले एक विज्ञप्ती जारी गर्दै भनेका छन्।
उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसको प्रेस सहयोगीका रुपमा साइमन स्यान्डर्स र एस्ली इट्टिनी नियुक्त भएका छन्।
राष्ट्रपतिको प्रेस कार्यालयको लागि सिनेटको स्वीकृति चाहिँदैन। क्याबिनेटमा सिफारिस भएकाहरुलाई सिनेटले अनुमोदन गर्नुपर्ने हुन्छ।
बाइडेनले आफ्नो टिमलाई समावेशी बनाउन बढी ध्यान दिने बताएका छन्।