१९ जना कोरोना संक्रमित भरतपुर अस्पतालबाट डिस्चार्ज
द नेपाल मिडिया
९ असार २०७७, मंगलवार ०६:११
९ असार, चितवन । चितवनको भरतपुर अस्पतालबाट आज १९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार आज डिस्चार्ज गरिएकाहरुमा भरतपुर महानगरका १० जना, माडी नगरपालिकाका ६ जना, नवलपरासी बर्दघाट–सुस्ता पूर्वका २ जना र कपिलवस्तुका १ जना रहेको छ । संक्रमितहरुमध्ये तीन जनाको पीसीआर नतिजा नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । त्यस्तै बाँकी १६ जनाको १४ दिनसम्म पनि कोरोनाका कुनै लक्ष्ण नदेखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।
अस्पतालबाट सोमबार साँझ ३ जनालाई डिस्चाज गरिएको थियो । भने १६ जनालाई आज अस्पतालबाट डिस्चाज गरिएको छ । १९ जना डिस्चार्ज भएपछि । अब भरतपुर अस्पतालमा ११ जना संक्रमित उपचाररत छन । यसअघि अस्पतालबाट उपचार पाएर ९ जना संक्रमित फर्किएका थिए । र एकजनाको मृत्यु पनि भएको थियो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा। श्रीराम तिवारीले विश्व स्वास्थ्य संगठन र डब्लुएचओको गाइडलाइन अनुसार लक्ष्ण नदेखिएका र १४ दिन कटेकाहरुलाई अस्पतालले डिस्चार्ज गर्ने बताए । ‘उनीहरुलाई थप १४ दिनसम्म घरमा छुट्टै बस्न भनिएको छ । स्वास्थ्यमा विशेष ख्याल गर्न र घरका पौष्टिक खाने कुराहरु खान सुझाव दिएर डिस्चार्ज गरिएको छ,’ मेडिकल सुपरिटेण्डेन्ट डा। तिवारीले बताए । त्यस्तै अस्पतालमा कोरोना संक्रमित ४० जनाले उपचार गराएका छन । भने संक्रमितहरुलाई अस्पतालको सर्जिकल वार्डमा राखिएको छ ।