ओलीले प्रचण्डलाई लगाएको ५२ औं बुँदा आरोप

   १४ मंसिर २०७७, आईतवार १३:२७  

१४ मंसिर, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शार्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकार ढाल्न भित्रभित्रै खेल खेल्ने गरेको आरोप लगाएका छन् । विरोधी भन्दा चर्को गरी सरकारको विरोधमा उभिएको पनि ओलीको गुनासो छ ।

पार्टीको सचिवालय बैठकमा शनिवार पेश गरेको प्रस्तावमा अध्यक्ष ओलीले प्रचण्डलाई सरकार ढाल्न भित्र भित्र खेल खेलेको आरोप लगाएका हुन ।

सरकार ढाल्न पार्टी भित्रबाटै चलखेल भएको ओलीले बताउँदै आएका थिए । तर दस्तावेजमा ओलीले किटान साथ सरकार ढाल्न भित्र भित्रै खेल्ने गरेको आरोप लगाएका हुन ।

‘कुनै बेला स्वयं प्रधानमन्त्री हुँदा ‘म प्रधानमन्त्री हुँ कि विद्रोही नेता हुँ, अलमलमा छु’ भनेर अभिव्यक्ति दिनु हुन्थ्यो । त्यो अलमलले तपाईँलाई र खुद नेपालको कम्युनिष्ट आन्दोलनलाई कति क्षति पुर्‍यायो, समिक्षा गर्नुभएकै होला’ ओलीको प्रतिवेदनको ५२ औं नम्बर बुँदामा उल्लेख छ ।