नेकपाका नेता रघुजी पन्त अस्पताल भर्ना
१२ मंसिर, रौतहट । नेकपाका स्थायी समिति सदस्य रघुजी पन्त पेटमा समस्या आएपछि काठमाडौंको मोडेल अस्पतालमा भर्ना भएका छन् ।
नेकपा केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार पन्तलाई पेटसम्बन्धी समस्या भएकोले काठमाडौंको मोडेल अस्पतालमा भर्ना गरिएको छ। उनलाई बुधबार साँझ भर्ना गरिएको हो ।
अहिले नेता पन्तको स्वास्थ्यमा सुधार हुँदै गएको र एक हप्ता अस्पतालमै बस्न डाक्टरले सुझाव दिएको नेता रिजालले बताए। ‘उहाँको स्वास्थ्य सुधार हुँदै गएको छ, तर डाक्टरले एक हप्ता अस्पतालमा आराम गर्न सुझाव दिएका छन्’, रिजालले भने।
पित्तथैलीको पत्थरीले नलीमा अवरोध भएपछि पन्तमा संक्रमण देखिएको हो। जन्डिस भएपछि उपचार गर्न बुधबार उनी मोडल अस्पताल पुगेका थिए।
पन्तलाई अस्पतालले अब्जर्भेसनका लागि राखेको थियो। प्यांक्रियाजमा समेत संक्रमण देखिएको पन्त स्वयंले जानकारी दिए।
‘पित्तथैलीमा रहेको पत्थरीले गर्दा समस्या उत्पन्न भएको हो’, पन्तले भने, ‘जन्डिस भएपछि उपचार गर्नका लागि आएको थिएँ।
संक्रमण देखिएकोले उपचारका लागि भर्ना गरिएको छ।’