कञ्चनपुरमा एक युवकको शव फेला
१२ मंसिर, रौतहट । कञ्चनपुरमा एक युवकको शव प्रहरीलाई फेला परेको छ ।
शुक्रबार बिहान कञ्चनपुरको महेन्द्रनगरमा वेदकोट नगरपालिका ४ सुनार टोलका २५ वर्षीय कमल दमाई मृतावस्थामा प्रहरीलाई भेटिएको हो ।
दमाइको घाँटीमा टेलिफोनको तार बेरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले जानकारी दिए । तर, मृतकका शरीरमा अन्य कुनै प्रकारको चोट नरहेको जनाइएको छ ।
कञ्चनपुर प्रहरीले दमाईंको हत्या गरिएको आशङ्कामा अनुसन्धानका लागि धनगढीबाट तालीमप्राप्त कुकुरसमेत ल्याएर अनुसन्धान गरिरहेको छ । “मृतकका बुबाले दिएको प्रारम्भिक जानकारीअनुसार दमाईं गत असोजमा मजदूरी गर्न स्याङ्जा गएका थिए”, प्रहरी नायब उपरीक्षक थापाले भने, “विस्तृत अनुसन्धान हुँदैछ ।”






