श्रीलंकाका क्रिकेट खेलाडी कुशल मेन्डिस पक्राउ
द नेपाल मिडिया
२१ असार २०७७, आईतवार १०:५०
असार २१, रौतहट । श्रीलंकन क्रिकेटर कुशल मेन्डिस पक्राउ परेका छन् । मेन्डिसले चलाएको कारको ठक्करबाट साइकलमा सवार ६४ वर्षीय वृद्धको मृत्यु भएपछि श्रीलंकन प्रहरीले उनलाई प्रकाउ गरेको हो ।
प्रहरीका अनुसार घटना कोलोम्बोबाट दक्षिणतर्फ पानादुरामा भएको हो । दुर्घटनामा मृत्यु हुने नागरिक त्यहाँकै स्थानीय बासिन्दा हुन् । पक्राउपछि मेन्डिसको मेडिकल जाँच गरेर उनलाई अदालतमा उपस्थिति गराउने तयारी भइरहेको छ ।
२५ वर्षे मेन्डिस श्रीलंकाका विकेट किपर ब्याट्सम्यान हुन् । उनले श्रीलंकाका लागि ४४ टेस्ट, ७६ ओडीआई र २६ टी २० क्रिकेट खेलेका छन् । मेन्डिस कोभिड१९ पछि श्रीलंकाको सुरु गरेको ट्रेनिङ क्याम्पमा थिए ।