उदाउदो सूर्यलाई अर्घ दिए सँगै छठ सम्पन्न
६ मंसिर, रौतहट । लोकआश्थाको महापर्व छठ आज चौथो दिनमा सम्पन्न भएको छ । आज उदाउदो सूर्यलाई अर्घ दिए संगै यो चाड विधिवत रुपमा सम्पन्न भएको छ ।
शरीरका रोगहरु निको हुने, संतान प्राप्ती हुने तथा परिवारको सुख प्राप्तीका लागी संसार लाई जीवन दिने भगवान भाष्कर (सूर्य देव) लाई विधि पूर्वक यस पर्वमा पूजा गर्ने गरिन्छ । चार दिनसम्म मनाइने यो पर्वमा हिजो साझ अस्ताउदो सूर्यलाई अर्घ दिइएको थियो भने आज बिहान उदयमान सूर्यलाई अर्घ दिए पछि विधिपूर्वक यो पर्व सकिएको हो । बिहान सूर्यलाई अर्घ दिए पश्चात ३६ घण्टा देखी निराहार र निर्जल रहेका व्रतालुहरुको व्रत पनि अब समाप्त भएको छ ।
रौतहट जिल्लाको सदरमुकाम गौरको बरहवा ताल, शिवगंगा घाट, गौर ५ को पोखरी, लगायत औरैया, गंगा पिप्रा, शिवनगर, गरुडा लाल बकैया, बाग्मती तथा चन्द्रनिगाहपुरको चादी नदी किनार लगायत अधिकाशं जलाशयहरुमा आज व्रतालुहरुले उदाउदो सूर्यलाई अर्घ दिएका थिए ।