नायक सुरज पंचोलीमाथि सुशान्त सिंहको हत्या गरेको आरोप

   २१ असार २०७७, आईतवार ०६:१०  

असार २१, रौतहट । सुशान्त सिंह राजपूत आत्महत्या मामिलामा थुप्रै थ्योरी सोसल मिडियामा भाइरल भइरहेको छ । तिनैमध्ये एकमा आदित्य पंचोलीका छोरा सुरजमाथि सुशान्तको हत्याको आरोप लगाइँदैछ । यतिमात्रै होइन, उनलाई सुशान्तकी पूर्व म्यानेजर दिशा सालियिनको हत्याको दोषी बताइँदैछ । यद्यपि, पूरा मामिलामा आदित्यले आफ्नो कुरा राखेका छन् र छोरामाथि लागेको आरोपलाई निराधार बताएका छन् ।
के हो भाइरल थ्योरी
दिशा र सुरज सम्बन्धमा रहेको बताइन्छ । आरोपका अनुसार दिशा गर्भवती भएकी थिइन् र सुरज उनीसँग विवाह गर्न चाहँदैनथे । यो कुरा सुशान्तलाई थाहा भएपछि उनले समर्थन गर्ने कोसिस गरे । सुरजको पर्दाफास गर्ने कोसिस गर्न थाले । यो विषयमा सुरजसँग उनको हातपात पनि भयो ।पछि बदलाको भावनाले सुरजको परिवारले सलमान र अन्डरवर्ल्डसँग मिलेर सुशान्तको हत्या गरिदिए र अब शक्तिको प्रयोग गरेर यसलाई आत्महत्या बताएका छन् । यो थ्योरीलाई विश्वास गर्ने हो भने दिशाको आत्महत्याको विषयमा पनि प्रश्न उठाइएको छ । दिशाले १४ औं तल्लाबाट हाम फालेर आत्महत्या गरेकी थिइन् वा कसैले उनलाई धक्का दिएको थियो, भनेर प्रश्न सोधिँदै छ ।
त्यो स्पष्टिकरण जुन आदित्यले दिएः
आदित्य पंचोलीले यसबारे स्पष्टिकरण दिँदै भने, म हिजोदेखि यसबारे पढिरहेकी छु । यो केटाबारे । केही समय अघि उनले थोरै अभिनय पनि गरेका छन् । उनको नाम पुनित वशिष्ठ हुन् । उनले आफ्नो फेसबुक पेजमा केही पागलपन लेखे ।’
उनले लेखेका छन्, यो सबै यसकारण भएको छ, किनभने सुशान्तकी म्यानेजर दिशा सालियान सुरज पंचोलीको बच्चाकी आमा बन्दै थिइन् । उनले सुरजका कारण आत्महत्या गरिन् ।

सुशान्त यसबारे केही गर्न चाहन्थे तसर्थ उनले सुशान्तको हत्या गरिदिए, यो के पागलपन हो ।
सुरजले आफ्नो जीवनमा पहिले नै धेरैकुरा सहिसकेका छन् । उनलाई बिना कारण नै जिया खानको आत्महत्या मामिलामा तानियो र अब उनलाई यसमा पनि मुछिदैँछ । त्यसपछि मानिसहरुले सोध्छन्, कि आखिर कोही किन डिप्रेशनमा जान्छन् र आत्महत्या गर्छन्, उनले लेखे ।यदि यसरी हरेक कुरामा लामो समयमा अनावश्यक रुपमा मुछिन्छ, भने कोही पनि बलियो व्यक्ति पनि टुट्ने गर्छन् । सुरजको धेरैजसो समय र करियर बर्बाद भइसकेको छ । उनी एक होनहार, सरल र सभ्य पुरुष हुन् ।’
पंचोलीको नजरले सन् २०१७ मा भएको सुशान्त–सुरजको झगडाको वास्तविकताः
सन् २०१७ मा एक पार्टीको क्रममा सुशान्त र सुरजको झगडा भएको दाबी गरिँदै छ । त्यसपछि सलमान खानले सुशान्तलाई फोन गरेर तथानाम भनेका थिए । यो घटनाबारे कुरा गर्दै पंचोलीले भने, रिपोर्टमा लेखिएको छ, कि सन् २०१७ मा सुशान्त र सुरजको झगडा भएको थियो, र सलमान सुरजको बचाउमा आएका थिए, र सुशान्तमाथि चिच्याइरहेका थिए । जबकी यस्तो कुनै पनि घटना भएको नै थिएन । ’ सुरज आफैंले पनि यसमाथि स्पष्टिकरण दिइसकेका छन् ।

भोलि यदि सुरज डिप्रेशनमा पुगे भने, भगवानको कानमा नपरोस् तर उनले यदि कुनै घातक कदम उठाए, के होला । यसका लागि को जिम्मेवार होला, यो निकै चकित पारिदिने र दुःखद छ ।’
यदि कुनै पनि घटनामा उनको गल्ती छ, भने उनी जेलभित्र हुनुपर्छ । कुनै प्रमाण छैन । केही प्रमाणित भएको छैन तरपनि उसलाई किन यसमा संलग्न गराइएको छ, जो गए, उनीहरुका लागि मानिसहरुले प्रार्थना गरिरहेका छन् । तर जो जीवित छन्, कम्तीमा उनीहरुलाई त शान्तिले बस्न दिनुहोस् ।’
सुरज पंचोलीको स्पष्टिकरणः
सुरजले आफ्नो स्पष्टिकरणमा भने, मलाई थाहा छैन कि सुशान्तसँग कुन चाहिँ हातपातको कुरा भइरहेको छ, उनीसँग मेरो कुनै पनि विवाद भएको छैन । यसबारे मैले पहिले नै स्पष्ट गरेको छु । दोस्रो कुरा के हो, भने सलमान खान मेरो जीवनमा किन समावेश हुनुहुन्छ, के उनीसँग दोस्रो काम छैन । मलाई थाहा छैन कि दिशा को हुन् । मैले उसलाई कहिले पनि भेटेकी छैन । सुशान्तको मृत्युपछि मलाई उनीबारे थाहा भयो र दुबैको परिवारका लागि मलाई निकै नराम्रो लाग्यो । कसैले यो बकवासलाई आफ्नो नीजि फेसबुकमा लेखे । यसलाई एउटा फिल्मको स्क्रिप्टको रुपमा बनाइयो र भाइरल गर्न सुरु गरियो ।