प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न पुगे शितल निवासमा

   ३ मंसिर २०७७, बुधबार १२:११  

३ मंसिर, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् ।

आज दिउँसो १ बजे सचिवालय बैठक बस्नु अघि प्रधानमन्त्री ओली बुधबार बिहान शितल निवास पुगेका हुन् ।

नेकपा सचिवालय बैठक बस्ने कि नबस्ने अन्यौल भइरहेका बेला राष्ट्रपति भण्डारीको सक्रियता पनि बढेको छ ।

हिजो राष्ट्रपति भण्डारीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाईसमेत भेटेकी थिइन् । प्रचण्डसँगको भेटमा राष्ट्रपति भण्डारीले सचिवालय बैठक सारेर सहमतिको प्रयास गर्न सुझाव दिएकी थिइन् ।

प्रधानमन्त्री ओलीले आजको सचिवालय बैठक सार्न चाहेका छन् । तर बहुमत सचिवालय सदस्यहरू भने बैठक गर्ने पक्षमा छन्।

आजै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।